newskoseli.Com

निलम्बित अवस्थाका यी दुर्इ सांसदहरु…

२ सय ७५ सदस्यीय प्रतिनिधिसभाका २ सांसद अहिले निलम्बित अवस्थामा छन् ।

सभामुख कृष्णबहादुर महराले भर्खरै सपथ गराएका सांसद रेशम चौधरी र भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले उनीहरु निलम्बित अवस्थामा रहेकै कारण प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।

कैलाली क्षेत्र नंम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद चौधरीलाई सभामुख महराले पुस १९ मा पद तथा गोपनीयताको सपथ गराएका थिए । सभामुखको कार्यकक्षमा सपथग्रहणपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो ।

स्रोतका अनुसार जेलमै गएर चौधरीलाई सपथ गराउन सरकारका तर्फबाट सभामुख महरालाई आग्रह गरिए पनि उनले त्यहाँ नजाने, आफ्नो कार्यकक्षमै ल्याइए सपथ गराइदिने अडान राखेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर