newskoseli.Com

डा. केसीको अनशनलाई ‘बेवास्ता गर्दै’ चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ ।

विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । समितिबाट संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयकलाई सम्भावित कार्यसूचीमा राखिएको जानकारी संघीय संसदको कार्यव्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले दिए ।

‘सम्भावित कार्यसूचीमा रहँदैमा पारित भइहाल्छ भन्ने होइन, सभामुखले कार्यसूचीबाट हटाउन पनि सक्नुहुन्छ’– उनले भने । १० साउनमा सरकारले डा. केसीसँग गरेको ९ बुँदे सहमतिलाई विधेयकमा हुबहु समावेश गर्न नेकपाका सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । विधेयक र संशोधन प्रस्तावमाथि छलफल गर्न संसदले १३ भदौमा जयपुरी घर्ती सभापति रहेको शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।

समितिले विधेयकमाथि परेका संशोधनलगायतका विवाद समाधान गर्न भैरवबहादुर सिंहको संयोजकत्वमा ११ असोजमा उपसमिति गठन गर्‍यो । विधेयकका विषयवस्तुमाथि उपसमितिभित्र विवाद भएको थियो । कांग्रेसका सांसदले सहमति हुबहु समेटिनुपर्ने अडान लिए पनि सत्तापक्षका सांसदले बहुमतबाट प्रतिवेदन पास गरेका थिए ।

उपसमितिले पारित गरेको प्रतिवेदनलाई समितिले २५ पुसमा अनुमोदन गर्दै प्रतिनिधिसभामा पेस गरिसकेको छ । उक्त विधेयक सोमबार प्रतिनिधिसभाको बैठकबाट पारित गर्ने गरी सम्भावित कार्यसूचीमा राखिएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर