newskoseli.Com

व्यापारी विनोद चौधरी बने ‘अर्थमन्त्री’ को दावेदार !

नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको ‘निगरानी’ गर्न कांग्रेसले बनाउने भनेको ‘छाया सरकार’ मा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले ‘मन्त्री’ को दाबी गरेका छन् ।

पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय प्राथमिकता अनुसार छान्न दिएकामा व्यापारी चौधरी र श्रेष्ठले पनि ‘छाया मन्त्री’ मा आ–आफ्नो दाबेदारी पेस गरेका हुन् ।

प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन ‘मन्त्रालय’ मा दाबी गरेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर