newskoseli.Com

प्रहरी समायोजन : प्रदेशमा जानेलाई एक तह बढुवा

समायोजनमा प्रदेश रोज्ने प्रहरीलाई एक तह बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ ।

प्रहरीको समायोजन विधेयक तयार गरी संसदमा पेस गर्न स्वीकृतिका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ ।

मन्त्रिपरिषदको निर्णयपछि विधेयकलाई कानुनी रूप दिन अबको केही दिनभित्रै संसद् सचिवालयमा दर्ता गर्ने तयारी छ । नेपाल प्रहरीको समायोजन विधेयक मन्त्रिपरिषदको निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

नेपाल प्रहरीसँग सम्बन्धित तीन वटा विधेयक तयार भएका छन् तीमध्येको एउटा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक रहेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर