newskoseli.Com

बम्जनले ‘बेपत्ता पारेका’ अनुयायीबारे प्रमाण खोज्दै प्रहरी

बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि ठोस प्रमाण जुटाउन सिन्धुपाल्चोक प्रहरी सक्रिय रहँदै आएको छ ।

पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर, हेटौंडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ ।

सोही आश्रममा हत्यापछि उनलाई गाडिएको भन्ने समाचार सार्वजनिक भएपछि मुद्दा बलियो बनाउन प्रहरीलाई ठोस प्रमाण आवश्यक परेको हो ।

सञ्चलालका छोरा महेन्द्र वाइबाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएकाले प्रहरीले सक्रियता तीव्र बनाएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर