newskoseli.Com

गुठीको जग्गा माफियाको मुठीमा : कति मन्दिर लोपै भइसके, ‘भगवान्’ का मूर्ति समेत बेचिए

जनकपुरधाम हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ ।

अतिक्रमणले धार्मिकस्थलका पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने ‘भगवान्’ का मूर्ति समेत बेचिएका छन् ।

गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ । तर, यो तथ्यांकको कयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् ।

मन्दिर र पोखरीको सहर मानिने जनकपुरमा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य छेकेका छन् । जनकपुरलाई कुरूप बनाएका छन् ।

गुठीको जमिन थुप्रै अतिक्रमित भएको स्वीकार्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अनधिकृत अतिक्रमण गर्नेलाई तत्कालै खालि गर्न आह्वान गरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर