newskoseli.Com

मलेसियामा नेपाली कामदार… : यसरी ‘कचल्टियो’ सरकारको चाहना

नेपाली श्रमिक मलेशिया पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष मलेसियाली सरकारले नेपाल सरकारलाई सुनाएको छ ।

‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ ।

संरचनाकै विषयमा श्रम मन्त्रालय निचोडमा पुग्न नसक्दा रोजगारी सुचारु हुन ढिलाइ भइरहेको छ । यही सन्दर्भमा श्रमको आग्रहमा परराष्ट्र मन्त्रालयले पुस २४ मा काठमाडौंस्थित मलेसियाली दूतावासलाई पत्र लेखेको थियो ।

मलेसिया सरकारले निर्धारण गरेका स्वास्थ्य परीक्षण एवं सञ्चालन प्रक्रियाका मानक (स्ट्यान्डर्ड) बारे त्यस पत्रमा उसले जिज्ञासा राखेको थियो । अन्य पूर्वपक्रिया पनि के–कस्ता छन् भन्ने जानकारी समेत सोही पत्रमा मागेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर