newskoseli.Com

चन्दा उठाएर ‘बाँदर धपाऊ अभियान’ !

‘बाँदर–आतंक’ नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका वासिन्दाले ‘बाँदर धपाऊ अभियान’ सुरु गरेका छन् ।

बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण कपिलासगढी गाउँपालिका– ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी तथा वडा नम्बर ३ को बाँसपानी र वडा नम्बर ५ को सप्तेश्वरी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ मा पर्ने खार्मीलगायतका गाउँवासीले आपसमा चन्दा उठाएर ‘अभियान’ थालेका हुन् ।

बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरिएको कपिलासगढी गाउँपालिका– ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर