newskoseli.Com

मोटरसाइकलबाट ‘यात्रु सेवा’ : भ्याटमा दर्तै नभर्इ भटाभट भ्याट असुली !

‘टुटल’ का नाममा मोटरसाइकलमा यात्रु बोक्ने ‘सेवा’ को व्यापार गरिरहेको ‘हाइपर लुक्स नेपाल’ ले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नै नभई सेवाग्राहीबाट भ्याट असुली गरिरहेको खुलेको छ ।

मुलुकको कानुन अनुसार कुनै पनि कम्पनी वा संघ–संस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर, हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कूल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ । हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ ।

हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट झन्डै १९ महिनासम्म भ्याट उठाएको छ । उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो ।

उक्त कम्पनीले १९ महिनासम्ममा कति भ्याट असुली गरेको छ भन्ने तथ्यांक भने फेला परेको छैन । यसको कारोबार हेर्दा कम्पनीले १९ महिनामा करोडौं भ्याट असुली गरेको देखिएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर