newskoseli.Com

सभामुख महरासँग सत्तापक्ष नै ‘सशंकित’ !

कांग्रेसका सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने– ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गललल्ल हाँसे ।’

‘श्रेष्ठ होइन सिंह’– फ्लोरबाट आवाज आएपछि महराले भने– ‘सरी–सरी, सिंह… ।’

त्यसपछि कांंग्रेस नेता सिंह बोल्न थाले– ‘आज त सभामुखज्यू सुरुमै चिप्लिनुभयो… ।’ मंगलबार संसदमा गाइँगुइँ चल्यो । संसदीय प्रक्रियामा हरेक दिनजसो ‘चिप्लिँदै’ आएका छन् सभामुख महरा । संसदीय प्रक्रियामा ‘चिप्लनु र अपरिपक्वता’ प्रदर्शन गर्नु महराको सामान्य नियतिजस्तै बनेको छ ।

तर, मंगलबारका उनका गतिविधिलाई अपरिपक्वता वा सामान्य चिप्लाई मात्र मान्न तयार छैन स्वयं सत्तापक्ष । कांग्रेसले संसद् अवरोध गर्ने जान्दाजान्दै महराले विधेयक पारित गर्न आवश्यक प्रबन्ध नगरेकामा सत्तापक्षको आक्रोश र आशंका छ । सत्तापक्षका नेताहरुसँग सल्लाह नै नगरी एकाएक सूचनामार्फत बैठक स्थगित गरेको भन्दै सत्तापक्ष उनीप्रति सशंकित बनेको खबर बिहीबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर