newskoseli.Com

सञ्चार मन्त्रीविरुद्ध मुद्दा : आरोप– सर्वोच्चको आदेशको अवहेलना…

नेपाल टेलिकमअन्तर्गतको वायरलेस तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पालना नगरेको भन्दै सूचना तथा स‌ञ्चार मन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै अवस्थामा सामान उठाउन थालेपछि घटनाले विवादको रुप लिएको हो । मन्त्री र टेलिकमलाई कारबाहीको मागसहित स्क्राप वाई एन्ड सेल्स फर्मले मुद्दा दर्ता गरेको हो ।

पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरीत अर्को कम्पनीसँग सम्झौता गरेको दाबीसहित गत महिना सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

उक्त रिट विचाराधीन रहेकै अवस्थामा निर्देशनालयले कम रकम कबोल गर्ने अर्को ‘देपुटा इन्टरनेसनल’ नामक कम्पनीसँग सम्झौता गरेको दाबीसहित स्क्राप वाई फर्मले पुनः अर्को रिट निवेदन दायर गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर