newskoseli.Com

पुनर्स्थापना केन्द्रमै ‘सेवाग्राही’ को शंकास्पद मृत्यु, हत्या गरेको परिवारको आरोप

ललितपुरको महालक्ष्मी– ४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोलुखुम्बुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र विर्तामोड– ४, झापाका ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुधार केन्द्रमा वैतेश्वर– ६, नाम्दु, दोलखाका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागूऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनर्स्थापना केन्द्रमा भर्ना गरेका थिए । ६ माघमा उनको मृत्यु भएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर