newskoseli.Com

शुक्रबार झरीसँगै हिमपात दोहोरिने : हिउँदे झरी र हिमपात, युरोपेली वायुको प्रभाव !

भू–मध्यसागर हुँदै भित्रिएको युरोपेली वायुको प्रभावले देशैभरि वर्षा र हिमपात भएको छ । यो क्रम अझै केही दिन कायमै रहने भएको छ ।

आज (बिहीबार) मौसममा केही सुधार आए पनि भोलि (शुक्रबार) फेरि अधिकांश भेगको मौसम प्रभावित बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘शुक्रबार धेरै ठाउँको मौसम प्रभावित बन्ने गतिविधि विकास भइरहेको छ, हल्कादेखि मध्यमस्तको वर्षा दोहोरिने भएको छ’– महाशाखाका मौसमविद् सुजन सुवेदीले बुधबार साँझ बताएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर