newskoseli.Com

सडकबीचमा रूखैरूख : कालोपत्रेको तयारीमा २ अर्बको आयोजना

सडक कालोपत्र गर्न गिट्टी बिच्छ्याइएको छ, रोलिङ समेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् ।

सघन सहरी विकास आयोजना अन्तर्गत निर्माणाधीन धनगढी क्षेत्र आसपासका ग्रामीण वस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् । सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीयवासी चिन्तित छन् ।

सघन सहरी विकास आयोजना अन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोड सहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन इकार्इ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा साना–ठूला रूख छन् । यसरी सडकभित्र औसतमा हरेक किलोमिटरमा ७ वटा रूख पर्छन् । धनगढीको रिङरोड अन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकको बीचमै मात्र पनि दर्जनौं रूख छन् ।

रिङरोड अन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिट्टी बिच्छ्याएर रोलिङको काम सकिएको छ । अन्य केही खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको आयोजना कार्यान्वयन इकाइले जनएको छ । वन कार्यालयले रूख कटानको अनुमति नदिँदा रूख वरिपरिको केही ठाउँ छाडेर सडक कालोपत्रे गर्न लागिएको बताउँछन् आयोजना कार्यान्वयन इकार्इ प्रमुख सुरेशकुमार वाग्ले ।

वातावरणीय प्रभाव मूल्यांकन गरी रूख कटान अनुमतिका लागि असारअघि नै वन मन्त्रालयमा फाइल पठाइए पनि स्वीकृति नपाएको उनले बताएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर