newskoseli.Com

उपप्रधानमन्त्री नै सरकारसँग असन्तुष्ट : …नत्र आन्दोलन गर्ने ‘चेतावनी’ !

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् ।

उनले गरेका सिफारिस मन्त्रिपरिषदमा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । संघीय फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषदको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् ।

जेठ १८ मा उनले उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताअनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकामा उनको असन्तुष्टि छ । ‘आन्दोलन गरेर आएको हुँ, के ठेगान– भोलि फेरि आन्दोलनमा जानुपर्ने हो कि,’ उनले भने– ‘डा. गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ, चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ ।’

डा. केसीको १५औं ‘सत्याग्रह’ का क्रममा साउन १० मा सरकार र उनीबीच सम्झौता भएको थियो । उक्त सम्झौता सरकारले पालना नगरेको भन्दै अहिले डा. केसी १६औं अनसनमा रहँदा मन्त्रिपरिषदमा देखा परेको किचलोबारेको यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर