newskoseli.Com

बजारमा गुणस्तरहीन सिलिन्डर : पड्केर दैनिक १ को मृत्यु !

सर्वसाधारणको ज्यानै जाने गरी एलपीजी बोटलिटङ प्लान्टले खाना पकाउने ग्यासको गुणस्तरहीन सिलिन्डर उत्पादन गर्दै आएका छन् ।

ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो निरन्तर ‘सिलिन्डर बम’ उत्पादन गरिरहेकै छन् ।

सिलिन्डरको भल्ब बिग्रिएपछि नयाँ प्रयोग गर्नुको साटो त्यसैलाई मर्मत–सम्भार गरी आफूखुसी प्रयोग गर्दै आएको तथ्य बाहिर आएको छ । त्यति मात्र होइन, सिलिन्डरको हाइड्रोस्टेटिक नियमित रुपमा परीक्षण गर्नुपर्ने मापदण्ड भए पनि उद्योगीले बेवास्ता गरेको भेटिएको छ ।

गुणस्तर तथा नापतौल विभागले बिहीबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर