newskoseli.Com

मुठभेडतिर सत्तापक्ष–प्रतिपक्ष : शुक्रबारै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सत्तापक्षको तयारी !

सत्तापक्ष शुक्रबार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्नैपर्ने अडानमा छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा ।

त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘मुठभेड’ हुन सक्ने सम्भावना छ । मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो ।

संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ । तर, आफ्ना माग पूरा नभई पारित गर्न खोजे मुठभेड हुने चेतावनी कांग्रेस नेताहरुले दिएका छन् ।

कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको खबर नरेन्द्र साउदको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर