सुदूरपश्चिम प्रदेशका स्थानीय निकायका ‘जनप्रतिनिधि’ हरुले गैरकानुनी रुपमा धमाधम ‘प्रेस सल्लाहकार’ तथा सहयोगी राखेका छन् ।
कानुनमा नभएको काम जनप्रतिनिधिले आफूखुसी रुपमा गरेको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ ।
स्थानीय तहमा जनप्रतिनिधिले कानुनविपरीत लिएको स्वकीय सचिव र सहयोगीका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले दिएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।