रानीपोखरी पुनर्निर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले ‘नयाँ मोडल’ मा पुनर्निर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण फेरि ‘नयाँ मोडालिटी’ मा जाने निर्णय गरेको छ ।
करिव १४ करोड रुपैयाँमा टेन्डर आह्वान गर्दा ठेकेदार कम्पनीले करिव १७ करोड रुपैयाँको टेन्डर हालेपछि कामपा अप्ठ्यारोमा परेको थियो । नयाँ मोडलअनुसार पुनर्निर्माण गर्न कामपाले विज्ञसँग परामर्श सुरु गरेको खबर ईश्वरराज ढकालको बाइलाइनमा शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।