संसदबाट चिकित्सा शिक्षा विधेयक पारित हुनु डा. गोविन्द केसी र कांग्रेसले विरोध गर्नुपर्ने विषय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
‘तीन करोड मान्छे भएको ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्, केहीको चित्त नबुझेको हुन सक्छ’– ‘स्विट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९औं बैठकमा भाग लिएर शनिबार स्वदेश फर्केका ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग भने– ‘यस्तै, कुरालार्इ के के न उधुम भयो भनिरहनु पर्दैन, लोकतन्त्रमा अलिकति मतमतान्तर हुनेजस्ता कुरा साधारण हुन् ।’
विपक्षीको चर्को आलोचना र प्रधानमन्त्रीको ठट्यौलो जवाफबारेको यो खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।