newskoseli.Com

नेकपाभित्र ‘अनौठो हतारो’ ? प्रधानमन्त्री नहुँदा विधेयक पारित, प्रचण्डको वक्तव्य र गोप्य बैठक !

प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेका बेला नेकपाले तीन वटा महत्त्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो ।

यसबीच संसदबाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘कडा’ वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक– यी तीन वटा मुख्य गतिविधि नेकपाभित्र देखिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट बहुमतले शुक्रबार पारित भयो । संसदीय प्रणालीमा बलजफ्ती पारित विधेयकको अर्को नजिरमा यो विधेयक पनि पर्‍यो । विधेयक पारित गर्दा प्रतिपक्षीले रोस्ट्रम घेराउ, नाराबाजी र होहल्ला जारी राखे । सडकमा पनि विधेयकप्रति असहमति प्रकट भइरहेकै थियो ।

आफूसँग भएको सहमति विपरीतका प्रावधान समेटेर विधयेक ल्याइएको भन्दै डा। गोविन्द केसी अनशनमा छन् । प्रधानमन्त्री केपी ओली देशबाहिर थिए । प्रधानमन्त्री शनिबार बिहान स्वदेश फर्कंदै थिए । प्रधानमन्त्रीलाई २० घन्टा पनि नकुरी हतारमा सत्तापक्षले विधेयक किन पारित गर्‍यो ?

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले भने– ‘प्रधानमन्त्री देशभित्र–बाहिर जहाँ भए पनि यो विधेयकमा गर्ने के हो र ? उहाँ भए पनि नभए पनि संसदको प्रक्रियाअन्तर्गत पारित हुने विषय हो विधेयक, त्यहीअनुसार पारित भयो ।’

सत्तापक्षका सांसदहरूले प्रक्रियागत रूपमा विधेयक पारित भएको बताए पनि प्रधानमन्त्रीले भने आफू विदेश जाने बेला नै विधेयक पारित गर्न निर्देशन दिएकाले सत्तापक्षले हतारो देखाएको जिकिर कांग्रेस नेता मीनेन्द्र रिजाल गर्छन् । ‘प्रधानमन्त्रीले विदेश जानुअघि आफू नआउँदै विधेयक पारित गर्न भनेर ‘भगवान्’ ले जसरी निर्देशन दिनुभएको थियो, त्यही आदेशलाई सत्तापक्षका नेताले शीरोधार्य गरे’– नेता रिजालले भनेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर