कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले ‘असंख्य’ र ‘गम्भीर त्रुटि’ गरेको राष्ट्रिय मानवअधिकार आयोगले औंल्याएको छ ।
प्रहरीका डीएनएविज्ञहरुमाथि समेत छानबिन गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ । तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा आयोगले ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको खबर घनश्याम खड्काको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।