एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए ।
कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएका ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उभिए । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको प्राविधिक फाँटअन्तर्गत कोठा नम्बर ५ को दृश्य हो यो ।
दिउँसो १ः३५ बजे । मालपोत कार्यालको प्रतीक्षलयमा ३ जान गफिइरहेका थिए । एक युवकले भने– ‘तपाईंसँग कामका लागि ४ हजार लाग्छ ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने– ‘त्यत्रो पैसा त दिन सकिन्नँ, अलि मिलाएर गर्नुस् न !’
ती युवकले भने– ‘कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनुपर्छ, ४ हजार त लागिहाल्छ दाइ ।’ झन्डै १५ मिनेटको गलफत्तीपछि उनीहरुले तीन हजारमा कुरा मिलाएको खबर राजु स्याङ्तान, किरण दाहाल र सपना महर्जनको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।