केपी ओली नेतृत्व सरकार जनतालाई शान्ति–सुरक्षा र सुशासन दिन असफल भएको आरोप नेपाली कांग्रेसले लगाएको छ ।
पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नतृत्वको ‘कम्युनिस्ट सरकार’ सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत उक्त घटना रहस्यमै रहेको दाबी गर्दै सरकार भ्रष्टाचारसहितका जनविरोधी काममा उद्धत भएको धारणा नेताहरुले राखेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।