प्रहरीले काठमाडौं उपत्यकाबाट एक महिनाभित्र चोरी कार्यमा संलग्न १ सय १५ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरु पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए ।
कवाडी संकलन गर्ने नाममा घरको ‘रेक्की’ प्रहरीका अनुसार चोरीमा केही भारतीय नागरिक पनि संलग्न छन् । कवाडी संकलन गर्दै घरघर छिर्ने, यही मौकामा घरको ‘रेक्की’ गर्ने र कोही नभएको मौकाा छोपी चोरी गर्ने कार्यमा भारतीय मूलका व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।