सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगका कार्यालय, सडक र झाडी सफार्इ अभियानलाई तीव्रता दिएको छ ।
प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितका उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो ।
मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफार्इ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारी साधनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।
त्यसअनुसार अहिले सबै मन्त्रालय, आयोग र निकायले अभियान चलाइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।