newskoseli.Com

‘भीआईपी’ को तस्बिरपछि मार्सी चामलको माग बढ्यो !

पछिल्लो समयमा कालीमार्सी चामलसँग जोडिएर नेपाली राजनीति र व्यावसायिक क्षेत्रमा व्यापक चर्चा छ ।

मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्यङ्ग्य प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।

राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी चामल किन्न आएको पवित्रा पाठक बताउँछिन् । ‘जुम्ली मार्सीको स्वाद चाख्ने रहर थियो,’ पवित्राले भनिन्– ‘मार्सी चामलमा धेरै गुण पाइने सुनेको छु त्यसैले पनि खोजी–खोजी महोत्सवस्थलसम्म आएकी हुँ ।’

केही अघि एक मेडिकल व्यवसायी र नेकपाका अध्यक्षद्वयले मार्सी चामलको भात खाइरहेको तस्बिर सञ्चार माध्यममा प्रकाशित भएयता देशैभर मार्सी चामलको चर्चा चुलिनुका साथै यसको माग समेत बढेको सम्बन्धी यो खबर मनिषा चम्लागाईंको बाइलाइनमा बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर