newskoseli.Com

महानगरको सडकमा सेन्सरवाला सडकबत्ती : अँध्यारो हुँदा आफैं बल्ने, उज्यालो हुँदा आफैं निभ्ने

काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् ।

अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ स्वतः निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ । ती बत्तीको होल्डरमा सेन्सर जडान गरिएको छ । ५०, ३० र २४ वाटका बत्ती जडान गरिएको कामपाले जनाएको छ ।

सहरभरि १० करिव हजार बत्तीको माग भए पनि हालसम्म २ हजार ८ सय स्वचालित सडकबत्ती जडान गरिएको जानकारी कामपाका प्रवक्ता ईश्वरमान डंगोलले दिएको खबर ईश्वरराज ढकालको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर