newskoseli.Com

४ किलो सुनलाई ‘तामा’ बनाइएको काण्डका एसपी हटाइए

तामा र ढलोटलाई ‘सुन’ भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विश्वकर्मा हटाइएका छन् ।

उनलाई बुधबार धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार वैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछ समेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो ।

२० पुसमा धादिङ प्रहरीले ४ केजी सुनसहित ३ व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट र तामा भएको खुलेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर