newskoseli.Com

आफैंले गरेको ‘बाचा’ किन तोडे प्रधानमन्त्री ओलीले ?

फाइल तस्बिर

साउनमा डा. गोविन्द केसी १५औं अनशनमा थिए । अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठ्यारोमा पर्दै थियो ।

त्यसपछि प्रधानमन्त्री केपी ओली आफैंले सहमतिको पहल गरे । रातारात बैठक बस्यो, सम्झौता भयो र २७औं दिनमा केसीले अनशन तोडे ।

साउन १० मा सरकार र केसीबीच सहमति भएको थियो । डा. केसीलाई जुस खुवाएर अनशन तोडाएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले उसबेला सहमतिप्रति प्रधानमन्त्री र सिंगो सरकार प्रतिबद्ध रहेको बताएका थिए । तर, प्रधानमन्त्री आफैंले आफ्नो वचन तोडेका छन् ।

सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई यथास्थितिमा राखी माग सम्बोधन गर्न गरिएको आग्रहलाई लत्याइएको छ ।

आफूमाथि धोका भएको बताउँदै डा. केसी अहिले १६औं अनशनको २२औं दिनमा छन् । उनको स्वास्थ्य बिग्रँदै जाँदा पूर्वप्रधान न्यायाधीशहरू समेत केसीको समर्थनमा उत्रेका छन् । प्रधानमन्त्रीले नै माग पूरा गर्ने बाचा गरेकाले त्यो कार्यान्वयन हुनुपर्ने धारणा उनीहरूमा रहेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर