newskoseli.Com

किन गर्नुपर्‍यो वार्ता ? मन्त्री बाँस्कोटा : २३औं दिनमा डा. केसीको अनशन

१५औं अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै र थप केही राजनीतिक माग समेत राख्दै १६औं पटक २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य निकै कमजोर भएको छ ।

पटक–पटकको अनशनका कारण केसी यस पटक झनै गलेको चिकित्सकहरुले बताएका छन् । दुई दिनयता औषधि समेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरुले दिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताए ।

तर, नेपाल सरकारका प्रवक्ता भन्छन्– अब डा. केसीसँग वार्ता गरिरहुनुपर्ने अवस्था छैन । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नुपर्ने अवस्था सरकारले नदेखेको उनले बताएका छन् । ‘केका लागि वार्ता गर्ने ? औचित्य पनि हुनुपर्छ । विगतका माग पूरा गराउन अनशन बसेका हुन्, माग पूरा भइसकेको छ, उनलाई धन्यवाद । चिकित्सकहरुले रिले अनशनका नाममा निजी अस्पताल पोस्ने काम गरिरहेका छन् । हामी अहिले चर्को स्वरमा बोल्ने पक्षमा छैनौं, केबल अनुरोध छ ।’

डा. केसीको जटिल स्वास्थ्य स्थिति र नेपाल सरकारको ‘स्ट्याण्ड’ सम्बन्धी यो खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर