newskoseli.Com

मन्त्रीलाई तलब मन्त्रालयबाटै, तेल पनि मन्त्रालयले नै हालिदिने

मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई पुस महिनादेखिको तलब आफैंले खुवाउन थालेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उनीहरुको तलब खुवाउने गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थालेको हो ।

नयाँ व्यवस्था सुरु भएकाले अझै पनि कतिपय मन्त्रालयले तलब खुवाउन सकेका छैनन् । मन्त्रीलाई दिइने इन्धनबापतको पैसा दिन छाडिएको छ । अहिले मन्त्रालयले नै इन्धन हालिदिने गरेको छ । पुसमा मात्र मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरे पनि पुसदेखिकै तलब मन्त्रालयले खुवाएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर