newskoseli.Com

क्रिकेट मैदान बनाउन धुर्मुस–सुन्तलीलाई दिइएको जग्गाविरुद्ध मुद्दा !

धुर्मुस–सुन्तली फाउन्डेसनलाई सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको तथ्य खुलेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ मा गठित कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा मुद्दा हालेको थियो । करिव ५ वर्षअघि सर्वोच्चमा मुद्दा परेको जानकारी त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले दिएका छन् ।

स्रोतका अनुसार त्रिविले मुद्दा हाले पनि करिव एक वर्षअघिको मन्त्रिपरिषद् बैठकले उक्त जग्गामध्ये ४० बिगाहा र शक्तिखोरको ३ सय बिगाहा जग्गा त्रिविलाई उपलब्ध गराउने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । शक्तिखोरको जग्गा त्रिविको नाममा नआएसम्म मुद्दाको किनारा नलाग्ने उपकुलपति प्रा.डा. खनियाँले स्पष्ट पारे । महानगरपालिकाकी मेयर रेणु दाहालले भने यसको टुङ्गो लगाउन त्रिविसमक्ष आग्रह गर्दै आएको बताइन्छ ।

मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर