newskoseli.Com

‘विज्ञ’ को सुझाव : ‘भेनेजुयलाको निहुँमा अमेरिकासँग सम्बन्ध नबिगारौं’

नेपालका केही नेताका वैचारिक मतैक्यता बाहेक खासै साइँनो नभएको मुलुकको विषयलाई लिएर ‘अकारण’ पुरानो एवं ठूलो दातृमुलुकसँग सम्बन्ध नबिगार्न ‘विज्ञ’ ले राजनीतिक दल एवं सरकारलाई ‘सुझाव’ दिएका छन् ।

नेपालको कूटनीति पछिल्लो समय छिमेककेन्द्रित नै छ भन्ने कुरालाई बल पुग्ने गरी धारणा आउनुले अमेरिकासँग सम्बन्ध सुधार गरेको संकेतलाई गर्भमा नै तुहाउनु हो । सम्बन्धलाई राजनीतिक रूपमा नवीकरण गरेको दुई महिना नहुँदै शक्ति मुलुकसँगको सम्बन्ध संकटमा परेको छ ।

सम्बन्ध संकटमा पर्नुको कारण ‘नेताको बोली र वैचारिक मतैक्यता’ बनेको छ । जनतलाई शब्दजालले अल्मल्याउने बानी परिसकेका नेताले विदेशी मित्रराष्ट्रलाई पनि त्यही ढंगले सम्बोधन गर्न खोज्दा यस्तो समस्या आएको बुझाइ कूटनीतिक क्षेत्रका जानकारको छ ।

भेनेजुयलाभित्रको मानवीय संकटका साथै पछिल्लो राजनीतिक प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘युद्धकालीन धङधङीमै अडेर’ वक्तव्य दिँदा नेपाल–अमेरिका सम्बन्ध अहिले पेचिलो बनेको छ ।

नेपालको पुरानो ‘विकास–साझेदार’ का रूपमा रहेको शक्तिराष्ट्र अमेरिकाले विश्व सहायतामा गरिरहेको कटौतीमा समेत मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) मार्फत अहिलेसम्मकै ठूलो द्विपक्षीय अनुदान सहयोग सम्झौता गरेको खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर