newskoseli.Com

सदरमुकाम विवाद उत्कर्षमा : रुकुमकोटमा कर्फ्यु

रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।

गोलखाडाका स्थानीयले रुकुमकोटमा जबर्जस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

आन्दोलनका कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरिए पनि कार्यक्रम जारी राख्ने देखिएपछि स्थिति सामान्य बनाइराख्न तथा शान्ति–सुरक्षा कायम गर्न अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिएको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर