newskoseli.Com

बच्चा जन्माउन कुन उमेर उपयुक्त, कुन उमेर खतरनाक ?

बच्चा जन्माउने सही र गलत उमेरबारेको महत्त्वपूर्ण सामग्री मनमोहन मेमोरियल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीना प्रधानको अनुभवका आधारमा सोमबारको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

१. उर्वरता घट्दै जान्छ
महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उमेर बच्चा जन्माउनका लागि उपयुक्त हुन्छ । उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । ३० वर्ष पुगेपछि कम अन्डा निष्काशन हुने भएकाले गर्भ रहने क्षमता घट्दै जाने गरेको हो । कतिपय अवस्थामा स्वास्थ्य पनि खराब भएको हुन्छ ।

२. अपांगता
३५ वर्षभन्दा माथिको उमेरमा जन्माइएका बच्चामा समस्या देखिने सम्भावना उच्च रहन्छ । जस्तै– बच्चाको नाक थेप्चो हुने, लुलो–लंगडो र अपांगता हुने सम्भावना रहन्छ ।

३. वंशाणुगत रोग
आमा–बाबुमा लुकेर बसेका आनुवांशिक रोग लाग्ने सम्भावना बढी हुन्छ । जस्तै, डाउन सिन्ड्रोम, पेन्स सिन्ड्रोम आदि रोग लाग्ने हुन्छ । बढ्दो उमेरमा जन्मिएका बच्चामध्ये करिव एक प्रतिशतमा डाउन सेन्ड्रोम हुन्छ । त्यस्तै, आमाको उमेर बढ्दै जाँदा जिम्मेवारीका कारणले हुने तनावले समेत बच्चाको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ ।

४. जन्माउनै गाह्रो
३०–३५ वर्षपछि महिलामा शक्ति घट्दै जान्छ । साथै, प्रजनन अंगले युवा अवस्थामा जस्तो काम गर्न पनि सक्दैनन् । अझ गर्भाधारण गर्न नै गाह्रो हुने, सुत्केरी हुने बेला लामो समयसम्म पीडा हुने, जन्माउन नसक्ने जस्ता समस्या देखिन सक्छन् । त्यस्तै, उमेर बढ्दै जाँदा स्वाभाविक रूपमै महिलामा विभिन्न रोग देखा पर्ने सम्भावना हुन्छ, जसले बच्चामा पनि प्रत्यक्ष असर पार्छ ।

५. कति उमेर उचित ?
सामान्यतया महिलामा प्रजनन क्षमताको विकास महिनावारी सुरु भएदेखि नै हुन्छ । यद्यपि, बच्चा जन्माउनका लागि १८ वर्ष नपुग्दासम्म महिला परिपक्व भइसकेका हुँदैनन् । यसर्थ, महिलालाई बच्चा जन्माउनका लागि उपयुक्त उमेर २५ वर्ष हो । यो क्रम ३० वर्षसम्म चलाउन सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर