newskoseli.Com

खुल्नै लाग्यो निर्मलाका हत्याराको नालीबेली : कसुरदारको स्केच तयार !

निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भर्इवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन र सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ ।

केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डीएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सीआईबी, मेट्रो र विशेष ब्युरोका झन्डै दुई दर्जन अफिसर सहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी ‘परिणाम निकट’ पुगेको हो ।

पहिला मानसिक सन्तुलन ठीक नभएका दीलिपसिंह विष्टजस्ता व्यक्ति समातिएजस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको छ । प्रहरी अनुसन्धान अनुसार, निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुर्व्यवहार गरियो, घटनाभन्दा ६ महिना अघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए । त्यही ठाँउमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ ।

डेढ महिनाअघि निर्मला बलात्कार भएको घटनास्थलभन्दा २० मिटर पर अर्को प्रयास भएको र यस प्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको पत्ता लागेको छ । प्रहरीसँग नाम र सम्पर्क नै छ पीडितहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छे मात्रै हुन् । कतिपयले घरपरिवारमा ‘उसले यस्तो गर्‍यो’ सम्म पनि भन्न सकेका छैनन् ।

प्रहरीले फेला पारेको छ एक युवती, जो १० पटकभन्दा बढी त्यही पुरुषबाट पीडित भएकी छन् । स्कुल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता त्यो पुरुषले अर्की एक बालिकालाई लखेटेको थियो । बालिका रुँदै घर पुगिन्, टोलका मान्छेले सोधखोज गरेर दूराचारीलाई लखेटे ।

गाउँलेले समाउन सकेनन् र आफैं गएर झार सफा गरे । त्यसपछि स्थानीय प्रहरीलाई खबर भई केही दिन गस्ती बढ्यो । प्रहरीको आवत–जावत बढेपछि त्यो पुरुषले ठाँउ फेरेर युवती र बालिकालाई झम्टिने अर्को थलो बनायो । साउनको पहिलो साता फेरि अर्की बालिकामाथि प्रयास भयो । तीन पटकको दुर्व्यवहारबारे तेस्रो दिन बालिकाले नजिकै आएकी आन्टीलाई भनिन् । आन्टीले प्रतिवाद गर्न खोज्दा केटो उखुबारीबाट भाग्यो ।

यसरी माघदेखि फागुन, वैशाख र जेठमा उनले विभिन्न बालिकामाथि यौनजन्य आक्रमणको प्रयास गरेको थाहा लागिसकेको छ । निर्मलालाई उठाएकै ठाउँबाट अर्की एक बालिकामाथि प्रयास गरिएको पनि पुष्टि भएको छ । यस कसुरदारको स्केच प्रहरीले तयार पारिसकेको छ ।

मान्छे कहाँ छ भनेर व्यापक खोजी हुँदैछ । भारत छिरेको भएको केही महिनाभित्र र देशमै भए केही दिनभित्रै ऊ समातिने दावी प्रहरीले गरेको छ । निर्मलाअघि बलात्कार प्रयास भएका बालिका र तिनका आफन्तहरु सम्पर्कमा छन् । प्रहरीेको अनुमान छ– त्यो व्यक्तिको हर्कत, आँट र ज्यानको पर्वाह नगर्ने विशेषता हेर्दा ऊ नेपालमै पनि हुन सक्ने खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर