newskoseli.Com

जब काटियो सञ्चारमन्त्रीकै मोबाइलको लाइन…

नेपाल दूरसञ्चार कम्पनीबाट लिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाकै मोबाइलको कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ ।

‘नेपाल दूरसञ्चार संस्थान’ कम्पनीमा रुपान्तरण भई ‘नेपाल टेलिकम’ भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ मा वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ बजे सुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिव ४५ मिनेटपछि मात्र आइपुगेका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा उनले भने– ‘बिरामी भएका कारण समयमै आउन सकिनँ, हिँड्ने बेला मोबाइल हेर्दा एमडीका धेरै फोन आएका रहेछन्, फोन गर्न खोज्दा पैसा नतिरिएका कारण निषेध गरिएको पो भन्छ ।’

‘आफ्नै मोबाइल काटिँदा पनि मैले अनौठो मानेको छैन, त्यसैगरी कर्मचारीले पनि पद्धति बसाउने गरी इमानदारीसाथ काम गर्नुहोस्’– उनले थपे । विभागीय मन्त्रीकै फोन काटिएको सुनेर दर्शकदीर्घामा हाँसोको फोहरा छुटेको थियो ।

यसअघि मन्त्रीको शपथ खानासाथ उनले वर्षौंदेखि शुल्क नतिरी बसेको प्रधानमन्त्री कार्यालय र आफ्नै मन्त्रालयको फोनको २५ लाख र ८ लाख बिल तिराएपछि मात्र लाइन खोल्न लगाएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर