newskoseli.Com

किन रद्ध भए साढे ३ सय नेपाली नागरिकता ?

जाली कागजात पेस गरी विदेशी नागरिकले लिएका ३ सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ ।

०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्ध गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्ध गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

नेपाल नागरिकता ऐन, २०६३ अनुसार नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै नागरिकता रद्द हुन्छ । यसका लागि नागरिकता वाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ । मन्त्रिपरिषद्को बैठकले आवश्यक ठाने उक्त नागरिकता रद्द गर्न सक्छ ।

प्रवक्ता सुवेदीले भने– ‘नागरिकता रद्ध गृहले गर्ने होइन, परेको उजुरीलाई मन्त्रिपरिषद् बैठकमा पेस मात्रै गर्ने हो । उक्त नागरिकता रद्ध गर्ने हो या होइन, त्यसको निर्णय मन्त्रिपरिषद् बैठकले गर्छ । अहिले जति पनि नागरिकता रद्ध गरिएका छन्, सबै मन्त्रिपरिषद् बैठकबाटै भएका हुन् ।’

नागरिकता रद्धसम्बन्धी यो खबर टेकराज थामीको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर