newskoseli.Com

भेनेजुयलाको राजनीतिक संकट : सत्ताधारी नेकपामा दुई धार !

भेनेजुयलाको राजनीतिक संकटलाई लिएर नेपालको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकाशित गरेको प्रेस विज्ञप्तिका कारण अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका दुई अध्यक्षले भेनेजुयला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । प्रचण्डको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली त्यसलाई केही सच्याउँदै ‘शब्द चिप्लिएको’ भन्न बाध्य भए ।

ओलीले दाहालको वक्तव्यप्रति सकंते गर्दैए त्यसलार्इ ‘एउटा व्यक्ति’ को भनाइका रूपमा व्याख्या गरे । आफू नभएका बेला अध्यक्ष दाहालको वक्तव्य आएकामा पनि उनले असन्तुष्टि व्यक्त गरे । ‘अघिल्लै दिन वक्तव्य नदिर्इ नहुने जरुरी थिएन, भोलिपल्ट म आउँदै थिएँ,’ ओलीले ‘जनतासँग प्रधानमन्त्री’ मा बुधबार भनेका थिए ।

ओलीले यसो भनेलगत्तै दाहालले बिहीबार आफ्नो अडान दोहोर्याएका छन् । प्रधानमन्त्रीको भनाइ आफूलाई जानकारी नभएको भन्दै कुरा सुरु गरेका दाहालले बिहीबार भरतपुरमा सञ्चारकर्मीहरुसँग आफूले पहिले जारी गरेको वक्तव्य नै सही भएको उल्लेख गरे । उनले ‘शब्द चिप्लिएको’ भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्ने शैलीमा भने– ‘त्यो एउटा राजनीतिक वक्तव्य थियो, एउटा स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाह्य हस्तक्षेप कतैबाट नहोस् भन्ने उद्देश्यका साथ दिइएको थियो ।’

पार्टीको केन्द्रीय सचिवालयको बैठक र परराष्ट्र मन्त्रालयको वक्तव्यलाई अध्यक्ष दाहालले आफ्नै वक्तव्यको निरन्तरता भनेका छन् । ‘परराष्ट्र मन्त्रालयबाट जो वक्तव्य जारी भयो, त्यो पनि मूलतः त्यही भावनामै आयो, अस्ति प्रधानमन्त्रीजी समेत हामी सचिवालयको बैठक बसेर पनि (भेनेजुयलामा भैरहेको अमेरिकी) हस्तक्षेपको विरोधमा नै वक्तव्य जारी भएको हुनाले अब अरू कुराले अर्थ राख्दैन,’ दाहालले बिहीबार भरतपुरमा भने– ‘सचिवालयको बैठकले समेत त्यही खालको वक्तव्य जारी गरिसकेपछि अब को व्यक्तिले के भन्छ, त्यसले अर्थ राख्दैन ।’

प्रचण्डले भने आफ्नो वक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर ‘राजनीतिक वक्तव्य’ दिएको उल्लेख गरेको खबर दुर्गा खनालको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर