newskoseli.Com

दिल्ली पुगेको नेपाली विमान काठमाडौंमै किन भयो आकस्मिक अवतरण ?

काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण नगरी काठमाडौंमै फर्किएको छ ।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण विमान अवतरण हुन नसकेको हो । ‘आँधी र हावा–हुरीका कारण विमान काठमाडौं फर्किएको हो’– उनले भने । बिहीबार बेलुकी अन्य थुप्रै उडान दिल्लीमा अवतरण हुन नसकेर फर्किएका थिए ।

आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको थियो । यो रुटमा एकतर्फी १ घन्टा ५० मिनेट हाराहारी समय लाग्छ । विमान साँझ साढे ८ बजे काठमाडौंमै अवतरण भएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर