newskoseli.Com

जब १३ वर्षको उमेरमै श्रीमान् गुमाएर रिता भइन् विधवा !

गत वर्षको असोजमा रिता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो ।

फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएकाले ‘रङ नम्बर’ भनेर फोन काटिन् । त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो ।

सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजन भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रिता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् ।

फोनबाटै एक–अर्कालाई मन पराउन थालेका रिता र सुनिल पहिलो भेटपछि विवाह गर्ने निधोमा पुगे । उनीहरुले वैशाख १३ मा मानेभन्ज्याङ बजारबाट भागेर बिहे गरे । विवाह गर्दा सुनिल १७ र रिता १३ वर्षका मात्र थिए ।

उनीहरु सँगै बारीमा घाँस काट्न गएका थिए । रितालाई बारीमै छाडेर सुनिल घर फर्किए । घर आएर उनी बाली उठाउन गाँउ जानुपर्ने थियो । एक घन्टापछि रिता घाँस लिएर घर फर्किंदा उनीहरु सुत्ने कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाइन्, भित्रबाट कुनै आवाज आएन ।

‘ढोकाको भित्रबाट चुकुल लागेको थियो, मैले बोलाएँ, केही बोलेनन्,’ उनले भनिन्– ‘तर, झ्यालबाट जान सकिने थियो गएर हेर्दा त सुनिलले झुन्डिएर आत्महत्या पो गरिसकेका रहेछन् ।’

एक त बालविवाह, त्यसमाथि पनि विवाह गर्ने उमेर नहुँदै विधवा बन्नुपरेको विडम्बनासम्बन्धी यो खबर शेरबहादुर जेरोको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर