newskoseli.Com

बोक्सीको आरोपमा फेरि कुटपिट : जिउँदै जलाउने धम्की

सिरहाको नरहा गाउँपालिका– ३, चन्द्र अयोध्यापुरस्थित खोरिया टोलकी एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।

‘बोक्सी मन्त्र’ र ‘टुनामुना’ गरी छिमेकी युवकलाई बिरामी बनाएको भन्दै करिव ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका बेला बिहीबार अपराह्न हुल बाँधेर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् ।

कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा नीलडाम पर्नुका साथै चोटपटक लागेको छ । घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन । घटनाको विषयमा मौखिक उजुरी आए पनि लिखित जाहेरी नआएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ ।

स्थानीय अमिरी सदायका करिव १९ वर्षीय छोरा सुजितकुमार सदायलाई ‘भूतप्रेत’ लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदी, बहिनीलगायतले लछारपछार गर्दै चौतारामा पुर्‍याई कुटपिट गरेको महतोले सुनाइन् । ‘घरबाट घिसार्दै चौतारोमा पुर्‍याएर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्– ‘बोक्सी नस्वीकारे नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएर जिउँदै जलाउँछौँ भन्दै कुटपिट गरे ।’

समाजमा बारम्बार दोहोरिइरहेको असामाजिक एवं अमानवीय व्यवहारको पछिल्लो उदाहरणसम्बन्धी यो खबर मणिलाल विश्वकर्माको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर