newskoseli.Com

नेकपाका दुई अध्यक्षबीच चर्किंदै ‘जुहारी’ !

भेनेजुयलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘कडा आलोचना’ सहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा तीव्र मतभेद उत्पन्न भएको छ ।

भेनेजुयला प्रकरणमा नेकपाका दुई अध्यक्ष प्रचण्ड र केपी शर्मा अ‍ोलीबीच यतिबेला ‘दोहोरी’ नै चलिरहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अर्थ्याएका थिए ।

त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुयला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने बताएपछि दुई अध्यक्षबीच ‘जुहारी’ सुरु भएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर