newskoseli.Com

प्रधानमन्त्री अ‍ोलीको गृहनगरमा योजनैयोजना…

अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गृहनगर दमकमा भने अनेकौं योजना केन्द्रित गरिएका छन् ।

राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौंको बजेट विनियोजन गरेको छ । सरकाले दमकमा पौने ३ अर्बको लागतमा भ्यू टावर निर्माणका लागि टेन्डर आह्वान गरेको छ ।

दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा अद्यौगिक क्षेत्र निर्माणको योजना अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ ।

प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निर्माण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन कार्य भइरहेको खबर अर्जुन राजवंशीको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर