newskoseli.Com

अब पालो सांसदको ? दिए ‘चेतावनी’ : बजेट नपाए साँच्चिकै अनसन बस्छु…

राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिदेखि नै सञ्चालनमा रहेका बहुवर्षीय योजना समेत रोक्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचारु नगरेमा र आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भएमा आफू अनसन बस्न पनि तयार रहेको बताए । ‘नसच्याए साँच्चिकै अनसन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा संघर्षका अरु कार्यक्रम पनि गर्नेछु’– उनले भने ।

सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताए । कुनै ठाउँमा १० लाख मागेकामा १ करोड १० लाख रुपैयाँ दिने, कुनै ठाउँमा एक रुपैयाँ पनि नदिने गरिएको आरोप उनले लगाए । सांसद अतहर कमाल मुसलमानले पनि वर्तमान सरकारले बहुवर्षीय विकास निर्माणका आयोजना रोक्ने काम गरेको बताए । यस्तो कार्य नरोकेमा सदन अवरुद्ध गर्ने उनको भनाइ छ ।

नेकपाका सांसद गणेशकुमार पहाडीले सडक दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षालाई राज्यको प्रमुख दायित्व र चासोका रुपमा राख्नुपर्ने बताए । प्रतिवर्ष नेपालमा सडक दुर्घटनाबाट झन्डै २ हजार ज्यान जाने गरेको भन्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था ऐन, २०४९ लाई समयानुकूल परिवर्तन गर्नुपर्ने उनले बताएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर