newskoseli.Com

दलालको प्रलोभनमा विदेश जान खोजेका ७ महिला दिल्ली र म्यानमारमा अलपत्र

भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका ७ महिलाले अब आफूहरु एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् ।

देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । इराक, कुवेत, यूएईलगायतका देशमा काममा लगाइदिने प्रलोभनमा उनीहरू मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले आफूहरु बेचिनबाट जोगिएकामा खुसी व्यक्त गरे ।

सानो–ठूलो, जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए । उनीहरूमध्ये १ जनालाई म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । २२ वर्षीया एक युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो । एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्‍याएको ती युवतीले बताइन् ।

दोलखाकी उनलाई काठमाडौं हुँदै दिल्ली लगेर २५ दिन राखेपछि मणिपुर लगिएको थियो । त्यहाँ ७ दिन राखिएको थियो । म्यानमार पुगुन्जेल ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिसा नमिलाई अलपत्र छाडेको उनले सुनाइन् ।

‘म्यानमारमा भारतीय प्रहरीले पक्राउ गर्दा अन्य ८ नेपाली महिला पनि थिए’, उनले भनिन्– ‘प्रहरी आए चिनजान नभएको नाटक गर्ने सल्लाह भएको थियो ।’ यही कारण आफूले अन्य नेपाली महिलाको पहिचान नखुलाएको उनले बताएको खबर रामकला खड्काको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर