newskoseli.Com

राष्ट्रिय मानवअधिकार आयोगको टोली के गर्दैछ दिल्लीमा ?

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले मानवतस्करी र भारतमा रहेका प्रवासी–आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ ।

आयोगको टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ । भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुलगायतका पदाधिकारीसँग आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले छलफल गरेको हो ।

आ–आफ्ना कामको अनुभव आदान–प्रदानका साथै सहकार्यको क्षेत्रबारे छलफल भएको पाठकले बताए । ‘दुवै मुलुकले अपनाएका उत्कृष्ट अभ्यासबाट एक–अर्काले कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल भयो’– उनले भनेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर