newskoseli.Com

‘दुरी घटाउन’ ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

भेनेजुयलाको राजनीतिक संकटलाई लिएर ‘जुहारी’ मा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटघाट भएको हो । भेटमा भेनेजुयलासम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरणका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

‘दुई अध्यक्षका फरक–फरक धारण सार्वजनिक भएपछि त्यसले पार्टीभित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेका बेला दुई अध्यक्षको भेटले सार्थक रुप लिएको छ’– बालुवाटार स्रोतले भन्यो ।

स्रोतका अनुसार पार्टीभित्रकै नेताहरुले दुई अध्यक्षका भनाइलाई आ–आफ्नो तरिकाले व्याख्या गर्न थालेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर