newskoseli.Com

अन्तर्जातीय सम्बन्ध अस्वीकार्दा युवतीको मृत्यु, युवकलाई ३० वर्ष कैद

अन्तर्जातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवकलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ ।

अन्नपूर्ण गाउँपालिका– ७, घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका– ९, काउलेगैंडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि) ले कालीगण्डकी नदीमा जिपसहित खसालेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । १४ असारमा नेपालीलाई कालीगण्डकीमा खसालेर खड्का बेपत्ता भएका थिए ।

अविवाहित सविता गर्भवती भएपछि घराम्दीमा गाउँभेला आयोजना गरिएको थियो । सो भेलामा विवाहित खड्काले सविताको गर्भमा रहेको बच्चा आफ्नो भएको स्वीकारेका थिए । त्यसपछि खड्का उनलाई जिपमा राखेर गाउँबाट निस्किएका थिए ।

जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा जिपमा राखेर गाउँबाट निस्केका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ रहेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर